मोबाइल बैंकिङबाट अन्तर बैंक रकमान्तरको शुल्क घट्यो



काठमाडौं।नेपाल राष्ट्र बैंक भुक्तानी प्रणली विभागले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ जारी गरेको छ।

निर्देशिकामा सर्वसाधारणलाई विद्युतीय कारोबारमा प्रोत्साहन गर्न मोबाइल बैंकिङबाट हुने अन्तरबैंक फन्ड ट्रान्स्फरमा लाग्ने शुल्क तोकेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए।

अब बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङबाट अन्तर बैंक विद्युतीय रकमान्तर गर्दा ५० हजारसम्म १० रुपैयाँमात्रै शुल्क लिन पाउने भएका छन् । त्यस्तै ५० हजारभन्दा माथि १ लाखसम्म २० रुपैयाँ र एक लाखभन्दा माथि ३० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्