स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ



काठमाडौं ।काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं-२ स्थित नागढुंगाबाट प्रहरीले मंगलबार एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रबक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिनुभयो।

एसपी बस्नेतका अनुसार धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार आदकले बोकेको झोलामा उक्त रकम फेला परेको र सोधपुछ गर्दा स्रोत नखुलेपछि उनलाई रकमसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका आदकलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्