थुलुङ दुधकोशी: दिप्लीघाटमा ट्याक्टर दुर्घटना एकको मृत्युु, एक घाइते

सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ।

सदरमुकाम सल्लेरीबाट सामान लिएर सोताङतर्फ जाँदै गरेको ट्याक्टर थुलुङ दुधकोशी गाउँपालिका -८ को दिप्लीघाटमा दुर्घटना भएको हो। आज बिहान भएको दुर्घटनामा चालक रमेश राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
सहचालक प्रदीप दाहाल घाइते भएका छन् ।उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याईंदै गरेको प्रहरी निरीक्षक ॠषि ढकालले जानकारी दिए। सांकेतिक तस्वीर

