अनेरास्वबियू (क्रान्तिकारी) सोलुखुम्बुको अध्यक्षमा कुमार जम्मरकटेल निर्बाचित
सोलुखुम्बु ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० सोलुखुम्बुको अध्यक्षमा कुमार जमरकट्टेल निर्बाचित भएका छन् ।

आइतबार सम्पन्न सो संगठनको ८औं जिल्ला सम्मेलनले जम्मरकटेलको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित
गरेको हो। सम्मेलनको उद्घाटनपछि सुरु भएको बन्दसत्रले कमिटीको उपाध्यक्षद्वयमा कविता मगर र सोनाम शेर्पा, सचिवमा अर्जुन खालिङ राइ , सह(सचिव रुद्र खालिङ राई र कोषाध्यक्षमा रामकृष्ण कुलुङलाई निर्बाचित गरेको सो संगठनले जनाएको छ।
सम्मेलनको उदघाटन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष पन्चा सिङको प्रमुख आतिथ्यतामा आइतबार नै भएको थियो ।
उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष गोम्बु शेर्पा, जिल्ला कमिटी सचिब असिम राई लगायतका नेताहरुले सम्मेलन सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

