भदौ १५ गतेबाट भौतिक रुपमै विद्यालय सन्चालनमा ल्याँउने सोताङ गाउँपालिकाको निर्णय

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु। जिल्लाको सोताङ गाउँपालिकाले गाउँपालिका भित्रका सबै विद्यालयहरु आगामी साताबाट सन्चालनमा ल्याउने भएको छ।

गाउँ शिक्षा समितिको आजको बैठक ले भदौ १५ गतेदेखि स्वास्थ्य मापदण्डको पूर्णपालनासहित भौतिक रुपमै कक्षा सन्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बीरबहादुर राईले जानकारी दिनुभयो ।बैठकमा गाउँ शिक्षा समितिका सदस्य,अन्य जनप्रतिनिधि, पालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापक,स्वास्थ्यकर्मी,सुरक्षकर्मी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
सबै क्षेत्र खुला रहेको र गाउँपालिकामा कोरोना संक्रमणको अवस्था सामान्य भएकाले चालु शैक्षिकसत्रलाई त्यत्तिकै खेर जान नदिन सर्बपक्षीय बैठकबाट विद्यालय सन्चालन गर्ने निर्णय गरिएको पालिका अध्यक्ष राइको भनाइ छ।
विद्यालय सन्चालनका लागि पालिका बाहिरबाट आउने शिक्षकहरुको एण्टिजेन परीक्षण गर्ने र सम्भव भएसम्म विद्यालयहरुमा थर्मलगनको ब्यबस्था गर्ने निर्णय समेत भएको छ। विद्यार्थी विद्यालय प्रवेश गर्नुअघि थर्मलगनबाट ज्वरो नाप्ने काम गर्ने भन्ने कुरा छ अध्यक्ष राइले भन्नुभयो-‘विद्यालयमा साबुनपानी र सेनिटाइजरको ब्यबस्था मिलाइने छ।’

