विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका शाक्यले गुहारे सर्बोच्च



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन्।

उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गरको छन् । शाक्यको रिटमाथि सुनुवाइको लागि बुधवारलाई पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्