सिंहदेवी मोटरबाटो मोडबारे सार्बजनिक सुनुवाइ सम्पन्न
खगिन्द्रराज बास्तोला
सोलुखुम्बु।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका(३ स्थित सिंहदेवी मन्दिर मोड व्यवस्थापन योजनाको सार्वजनिक सुनुवाइ गरिएको छ ।

करिब १५० मिटर भागमा तारजाली सहित मोड बनाई बाटो खनिएको सिंहदेवी मन्दिर सडक मोड उपभोक्ता समितिका सचिब कुमार मणि कटेलले बताए । उनका अनुसार सडक तल्लो पट्टि ६१ र माथिल्लो पट्टि ९७ गरि १६१ ओटा जाली लगाईएको थियो ।
विस्तार गरिएको उक्त बाटो नेचासल्यान गाउँपालिकाको ८ लाख ५० हजार र सम्बन्धित पालिकाको वडा नं(३ को ७ लाख गरी १५ लाख ५० हजारौं अनुदान सहयोग र २० प्रतिशत श्रमदानबाट भएको उपभोक्ता समितिका अध्यक्ष निरकुमार फुयलको भनाई छ । सडक बाटोको मोड व्यवस्थापन भएपछि सडक आवतजावतमा सहजता भएको स्थानीयहरुको मत छ ।
सार्वजनिक सुनुवाइ नेचासल्यान गाउँपालिका ३ का अध्यक्ष धर्मध्वज खत्री र कार्यपालिका सदस्य कल्पना घिमिरे कट्टेलको रोहवर र स्थानीय सरोकारवालाको उपस्थितिमा भएको थियो ।

