पर्यटन पूर्बाधार : नेचासल्यानमा ३ वटा भ्यूटावर निर्माण हुंदै ,के के छन् अन्य कार्यक्रम ?

सोलुखुम्बु ।नेचासल्यान गाउँपालिकाले पर्यटन पूर्बाधार बिकासका लागि गाउँपालिका भित्रका तीनवटा स्थानमा भ्यूटावर निर्माण गर्ने भएको छ।

आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गरि गाउँपालिकालाई समृद्द बनाउने उद्देश्यसहित वडा नं ४ को फुर्केडांडा,वडा नं १ को टुहुरे र वडा नं ५ को केशरी डांडामा भ्यूटावर निर्माण तथा ब्यबस्थापन गर्न लागिएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।
अध्यक्ष बास्तोलाका अनुसार भ्यूटावर निर्माणका लागि चालु आर्थिक बर्षमा फुर्के डांडाका लागि १० लाख , टुहुरेका लागि ५ लाख र केशरीका लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ।फुर्केडांडा भ्यूटावरको निर्माण कार्य भैइरहेकाले बिनियोजित रकमबाट आगामी दशैंसम्ममा सम्पन्न गर्ने योजना रहेको अध्यक्ष बास्तोलाको भनाई छ।
टुहुरेमा भ्यूटावरस्थलसम्म पुग्नका लागि मोटरबाटो निर्माण र जग्गा सम्याउने कार्य चालु आर्थिक बर्षमा गरिने छ भने बिनियोजित रकमबाट केशरीमा भ्यूटावर निर्माण कार्यको थालनी गर्ने गाउँपालिकाको योजना छ।
पर्यटन पूर्बाधार बिकास अन्तर्गत नै वडा नं १ को गौरीटापमा योगाहल र वडा नं २ मा पुरश्चरण सत्संग हल निर्माण गर्ने योजना पनि यसबर्ष नेचासल्यानको छनौटमा परेको छ।दुबै योजनाका लागि १०/ १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको अध्यक्ष बास्तोलाले जानकारी दिए।
के छन् अन्य पर्यटन पूर्बाधार कार्यक्रम ?


