खुम्बु पासाङल्हामु : एकैसाथ ६ सहित ७ प्रहरीमा कोरोना संक्रमण पुष्टि



सोलुखुम्बु । इलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको एन्टिजेन परीक्षणमा ६ जना र करिब १० दिन अगाडी गरिएको एन्टिजेन परीक्षणमा एक जना गरी ७ जना पुरुषमा संक्रमण पुष्टि भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

शनिबार ७ जनाको एन्टिनेन गर्दा ६ जना र १० दिन अगाडी एक जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।

कार्यालयको आईसोलेसनमा रहेका उनीहरु सबैलाई लक्षण देखिएपनि अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।सोलु एफएमबाट

प्रतिक्रिया दिनुहोस्