टाप्टिङ्गबासीका लागि पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले उपलब्ध गरायो स्वास्थ्य सामाग्री



सोलुखुम्बु। समाजसेवाको क्षेत्रमा काम गर्दै आएको पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले सोलुदुधकुण्ड नगरपालिकाको वडा नं-१० का स्थानीयहरुका लागि कोभिड-१९ विरुद्ध प्रयोग हुने गरि बिभन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ।

हाल नगरपालिकाको वडा नं -१० रहेको साविकको टाप्टिङ गाबिसबाट अन्यत्र रोजगारी गरिरहेका स्थानीयको स्वेच्छिक आर्थिक सहयोगमा समाजले १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको समाजका अध्यक्ष दावा शेर्पाले जानकारी दिए।सो स्वास्थ्य सामाग्री मंगलबार १० नं वडाध्यक्ष मिङमारछिरी शेर्पालाई हस्तान्तरण गरिएको हो।

समाजको झन्डै एकहप्ताको सक्रियतामा वडा बाहिर रहंदै आएका वडाबासीको सहयोग तथा समाजको आफ्नै कोषबाट संकलित रकमबाट १० थान अक्सिजन सिलिन्डर,४० थान पीपीई सेट, ग्लोबल,सेनिटाईजर र औषधि खरिद गरिएको समाजले जनाएको छ।वडाध्य्क्ष शेर्पामार्फत वडाभित्रका स्वास्थ्यसंस्थाहरूलाई उपलब्ध गराईएका कोभिड १९ बिरुद्दका स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थामार्फत स्थानीयलाई उपलब्ध गराईने अध्यक्ष शेर्पाको भनाई छ।

शेर्पाका अनुसार पठाईएका स्वास्थ्य सामाग्री र औषधि स्वास्थ्यचौकी मार्फत टाप्टिङका प्रत्येक घरधुरीलाई उपलब्ध गराइने छ। लुम्सा, जुके र धिमिलका स्थानीयलाई लुम्सा स्वास्थ्य चौकी र टाप्टिङ, खाम्दिङ, डिरुकुरे, चैलुङ, फतान्जे र च्यङ्बाका स्थानीयलाई खाम्दिङ स्वस्थ्यचौकीबाट स्वास्थ्य सामाग्री बितरण गरिनेछ । प्रत्येक घरधुरीलाई १ प्याकेट मास्क र ४ वटा डेटोल साबुन बितरण गरिने उनले बताए ।

यो विषम परिष्थितिमा गाउँमा रहेका आफन्त तथा इष्टमित्रहरूको स्वास्थ्य सुरक्षाका लागि आफ्नो गास काटेर स्वास्थ्य सामाग्री खरिदमा सहयोग पुर्‍याउने आफ्ना सदस्य तथा शुभचिन्तकहरुप्रति समाजले कृतज्ञता ज्ञापन गरेको छ।

वडाध्यक्ष शेर्पाले आंफै बिपत्तिमा रहेको यो विषम परिष्थितिमा पनि आफ्नो गाउँ र गाउँबासीहरुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै सहयोग जुटाएर कोभिडबिरुद्दका स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै समाजका पदाधिकारी तथा सदस्यहरुप्रति आभार प्रकट गरेका छन।

प्रतिक्रिया दिनुहोस्