खुम्बु पासाङल्हामू : मन्जोखोला लघु जलविद्युत एक हप्ताका लागि बन्द गरिने

लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु ।।खुम्बु पासाङल्हामू गाउँ पालिका- ३ मन्जोमा रहेको मन्जो खोला लघु जलविद्युतको आपूर्ति एक हप्ताका लागि बन्द हुने भएको छ ।

बर्खा मौसम लागेकोसंगै कुलो र मुहान मर्मत गर्नुपर्ने भएका कारण जेष्ठ २२ गतेदेखि जेष्ठ २८ गतेसम्म एक हप्ताका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको श्री मन्जोखोला लघु जलविद्युत कार्यागत समूहका अध्यक्ष ङिमातेन्जिङ शेर्पाले जानकारी दिए।
विद्युत आपूर्ति बन्द भएपछि सो क्षेत्रका ११३ घर प्रभावित हुने बताईएको छ।

