एफटीटीएच इन्टरनेट सेवा तीब्र बिस्तार गर्दै नेपाल टेलिकम



काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट सेवा देशका ५२ जिल्लाको १०१ स्थानीय तहमा पुगेको छ । पछिल्लो समय उच्च प्राथमिकताका साथ सेवा विस्तार गरिरहेको कम्पनीले ५२ जिल्लामा करिब एक लाख ५० हजार ग्राहक बनाएको हो ।

कम्पनीका अुनसार निषेधाज्ञा अघि दैनिक रुपमा ५०० ग्राहक थप भइरहेकोमा हालको बन्द अवस्थामा समेत दैनिक ५० को संख्यामा नयाँ कनेक्सन जडान भइरहेका छन् । अहिलेसम्म देशभर १ लाख ४८ हजार ७१४ ग्राहकले टेलिकमको एफटीटीएच इन्टरनेट जडान गरिसकेको नेपाल टेलिकमको एफटीटीएच तथा वायरलाइन निर्देशनालयका निर्देशक अनन्तमान सिंहले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी ग्राहक बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस्