सोलुखुम्बु : लक्ष्मी बैंकले थुलुङ दुधकोशीमा सहुलियतपूर्ण कर्जा प्रबाह गर्ने



सोलुखुम्बु,९ मंसिर ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच स्वरोजगारमूलक कार्यका लागि स्थानीय नागरिकहरुलाइ सहुलियतपूर्ण कर्जा प्रबाह सम्बन्धि सम्झौता हुन हुने भएको छ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई नेतृत्वको प्रतिनिधिमण्डल र लक्ष्मी बैंक ब्यबस्थापनबीच बिहिवार भएको भेटबार्तामा सो सहमति भएको गाउँपालिका अध्यक्ष राइले जानकारी दिए। अध्यक्ष राइका अनुसार भेटबार्ताका क्रममा सहुलियतपुर्ण कर्जा प्रवाह गर्ने , नागरिकलाई वित्तिय साक्षरता र वित्तिय अनुशासनबारे जानकारी दिन बिभिन्न कार्यक्रमहरु सन्चालन गर्ने लगायतका अन्य महत्वपुर्ण विषयमा छलफल समेत भएको छ।

सो भेटबार्तामा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह , आईडिया स्टुडियोका फाउन्डर डा छिरिङ लामा, काठमाडौं युनिभर्सिटीका प्राध्यापक रुपेश श्रेष्ठ र गाउँपालिकाका सल्लाहकार बलराम गुरुङसहितको टोलि सहभागी रहेको उनले बताए।केहि दिनमा थुलुङ दुधकोसी गाउँपालिका र बैंकबीच MOU हस्ताक्षर हुने अध्यक्ष राइको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्