ओलि-दाहाल दुई घण्टा लामो बार्ता, बिहिबार पनि बार्ता गर्ने सहमति !



काठमाडौं, २४ असार।नेकपाभित्र जारी विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओलि र पुष्पकमल दाहाल बीच बुधबार सांझ सम्पन्न बार्तामा थप गृहकार्य गरि बिहिबार बार्ता गर्ने सहमति भएको छ।दुई घन्टा लामो सघन बार्तामा पनि ठोस सहमति जुट्न नसके पछि दुई अध्यक्ष बीछ बिहिबार बार्ता गर्ने भन्दै छलफल स्थगित भएको बताइएको छ।

विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ।
दुई अध्यक्षबीच बिहान टेलिफोनमार्फत् कुराकानी भएपछि बैठक स्थगित भएको हो। दुई अध्यक्षबीच सहमति नभएसम्म स्थायी समिति बैठक स्थगित गर्न दुवै पक्षका नेताहरूले दबाव दिएका छन्।

प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन्। प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन।

प्रतिक्रिया दिनुहोस्