‘आज होइन भोलिलाइ, हाम्रो समर्थन ओलिलाइ’ भन्दै सडकमा निस्किए ओलि समर्थक युबा



 

काठमाडौं,१८ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलिले दुबै पदबाट राजीनामा दिनुपर्ने माग जोडदार रुपमा उठिरहेका बेला ओलि समर्थक युबाहरु भने आज होइन भोलिलाइ ,हाम्रो समर्थन ओलिलाइ भन्दै सडक प्रदर्शनमा ओर्लिएका छन।

नेपाल कम्युनिस्ट पार्टी निकट युवाहरुले बिहीवार माइतीघरमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्। युवा संघका नेता वकिल बम, सन्तोष सिलवालहरुको नेतृत्वमा उनीहरुले प्रधानमन्त्री ओली तस्विर बोकेर नारा बाजी गरेका थिए।

प्रधानमन्त्रीले आफूलाई हटाउन भारत लागिपरेको बताउँदै आएका छन्।उनीहरुले ‘वैदेशिक हस्तक्षेप बन्द गर’, ‘सम्पूर्ण देश प्रेमी नागरिक एक हौं’, ‘भारतीय दलाल होसियार’, ‘आज होइन भोलिलाई हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्