म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश



काठमाडौं १४ असार । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वाटरफाइनलमा नर्विच सिटीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो ।

नर्विचको मैदानमा निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २-१ को जीत दिलाए ।

यससँगै युनाइटेड ३० औं पटक एफए कपको सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्