सोलु कांग्रेस नेत्री इन्द्रकुमारीलाइ पुत्रशोक



सोलुखुम्बु ,९ असार । सोलुखुम्बुकी कांग्रेस नेतृ इन्द्र कुमारी शर्मालाई पुत्र शोक परेको छ।

जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं ३ स्थायी बसोबास रहेकी शर्माका माइला छोरा ४५ बर्षीय एकराज शर्मा कटेलको हिजो अपरान्ह असामयिक निधन भएको हो।

काठमाडौंको शंखमुलमा फुटवेर र कस्मेटिक ब्यबसाय सन्चालन गर्दै आएका शर्माका श्रीमती र दुई छोरा छन।आमा इन्द्रकुमारी र स्वर्गीय शर्माका दुई छोरा उपत्यका बाहिर रहेका कारण दाहसंस्कार बेलुकीतिर हुने दाइ निरकुमार शर्मा कटेलले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्