नेकपाले बोलायो स्थायी समिति बैठक,एमसीसीबारे छलफल हुने



काठमाडौं, ४ असार । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बारे चरम द्वन्द्वमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा ० ले स्थायी समिति बैठक बोलाएको छ ।

पार्टीका बहुसंख्यक नेता कार्यकर्ताहरू एमसीसीलाइ परिमार्जन बिना संसदबाट पारित गर्नु नहुने अडानमा रहेका बेला झन्डै एक सातापछिका लागि बैठक आव्हान गरिएको हो।

बिहिवार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा असार १० गते बुधबारका लागि बैठक बोलाउने सहमति भएको बताइएको छ ।

यसअघि दुई पटक मिति तोकेर पनि स्थायी कमिटी बैठक स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले पनि नीति तथा कार्यक्रम र बजेटपछि मात्रै स्थायी समिति बैठक बोलाउने अडान राख्दै आएका थिए ।

नेकपाको विधानअनुसार तीन महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था भए पनि झन्डै ६ महिनादेखि स्थायी कमिटी बैठक बोलाइएको छैन ।

सरकारले दल विभाजन र अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद भएको थियो । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजीनामासमेत माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्