कांग्रेस नेता कार्की भन्छन्- कांग्रेस कार्यकर्ता फसाउने षड्यन्त्र आपत्तिजनक-



सोलुखुम्बु , २ असार ।नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्कीले केहि दिन यता शृंखलाबद्दरुपमा जिल्लामा भैरहेका धरपकडका घटनाप्रति आपत्ति जनाउंदै उनीहरूलाई बिनासर्त रिहा गर्न प्रशासनसमक्ष माग गरेका छन।

स्थानीय तहमा भइरहेका अनियमितताका घटनाहरुका फेहरिस्तले जनप्रतिनिधिहरुको नियत उदांग भइ रहेका बेला पछिल्लोपटक लिखुपिके गाउँपालिकामा कांग्रेस कार्यकर्ताहरुलाइ फसाउने जुन षड्यन्त्र भएको छ,त्यो लोकतान्त्रिक आचरण बिपरितमात्र नभएर सुशासनलाई नै चुनौती दिने कार्य भएको नेता कार्कीको टिप्पणी छ।

नेपाली काङ्ग्रेसबाट निर्बाचित सोलु दुधकुण्ड नगरपालिका प्रबक्ता शारदामाया तामाङबाट सुरु भएको षड्यन्त्रमुलक धरपकडको निरन्तरता नेपाली काङ्ग्रेसका नेता एबम स्वतन्त्र विद्यार्थी युनियन शङ्करदेव क्याम्पसका पुर्ब सभापति शुभराम बस्नेत ,नेपाली काङ्ग्रेस सोलुखुम्बु काठमाडौ सम्पर्क समिति सचिब सरोज बस्नेत र नेपाली काङ्ग्रेसका नेता उत्तम खड्काहरुको पक्राउ प्रकरण भएको आरोप लगाउंदै उनले बिकास निर्माणको सवालमा आवश्यक छलफल गर्नुको सट्टा बोलाएर झुठा मुद्दामा फसाउने षड्यन्त्रमा स्थानीय तहका जनप्रतिनिधि लाग्नु दु:खद र खेदजनक भएको उनले उल्लेख गरेका छन।

गाउंपालिका सबैको साझा संस्था र जनप्रतिनिधि सबैको साझा हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसले राख्दै आएको स्मरण गर्दै कार्कीले सत्ता र शक्तिको आडमा बिपक्षी दलका कार्यकर्ताहरुलाइ झुठो मुद्दामा फसाउने दुष्प्रयास सफल नहुने बताए ।उनले काङ्ग्रेसमाथि जुन खालको दमनको निती स्थानीय सरकारले लिएको छ, त्यसलाइ नसच्याउने हो भने यसको मूल्य महङ्गो हुने चेतावनी पनि दिएका छन।

उपभोक्ता समितिमा विपक्षीलाई राख्दा मनोमानी रुपमा भ्रष्टाचार गर्न नपाइने मनोबिज्ञानले त्रसित लिखुपिकेका जनप्रतिनिधिले प्रहरी प्रशासनसंगको मिलोमतोमा कांग्रेस कार्यकर्ता फसाउने प्रपन्च रचेको उनको बुझाइ छ।कार्कीले अध्यक्ष- उपाध्यक्षको नेतृत्वमा काङ्ग्रेस नेता कार्यकर्ता माथि भएको कुटपिट बिरुद्ध उजुरी दर्ता गरेर दोषी माथि कारबाही प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस्