भारतबाट आएका नेपालीलाई क्वारेन्टिन लिएर गएको टिपर कर्णालीमा खस्यो, दुईको मृत्यु, ६ बेपत्ता
काठमाडौं २८ जेठ । कर्णाली नदीमा टिपर खस्दा तीन जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएका छन् । कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिन जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको हो ।
भारतबाट आएका मानिस लिएर लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिप्पर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको हो।
जिल्ला प्रहरीकार्यालय कालिकोटका अनुसार टिप्परमा ३९ जना यात्रु रहेको बुझिएको छ । घटनास्थलतर्फ प्रहरी टोली गएका र टिप्पर के कारणले दुर्घटना भएको भन्ने खुल्न बाँकी रहेको कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार अहिलेसम्म ३ जना को शव भेटिएको छ। अझै अधिकांश बेपत्ता छन्। प्रहरीले यसको स्वतन्त्र पुष्टि गर्न बाँकी छ।