मलेसियाबाट स्वदेश फर्कन चाहनेले फेरि फारम भर्नुपर्ने



काठमाण्डौ २३, जेठ ।मलेसियाबाट स्वदेश फर्कन चाहने नेपालीलाई फेरि फारम भर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले स्वदेश फर्किन चाहनेको लागि पहिले नै अनलाइन फारम भर्न लगाएको थियो । तर नेपाल सरकारले स्वदेश फिर्तीको बारेमा पछिल्लो पटक गरेको निर्णय अनुसार थप विवरण आवश्यक भएको भन्दै दूतावासले फेरि फारम भर्न आग्रह गरेको हो ।

एउटै फारम दुईपटक भर्नुपर्दा श्रमिकलाई हुने असुविधाप्रति दूतावासले क्षमा समेत मागेको छ ।

प्रतिक्रिया दिनुहोस्