झुण्डिएको अवस्थामा युवतीको शव फेला, हत्या कि आत्महत्या ?
डडेल्धुरा १४ जेठ । बुधबार विहान डडेलधुराको एक रिसोर्टमा झुण्डिएको अवस्थामा युवतीको शव फेला परेको छ । डडेलधुराको अमरगढी नगरपालिका ७ की अन्दाजी २१ वर्षीया निर्मला बोहरा मृत अवस्थामा फेला परेकी हुन्।
उनी अमरगढी नगरपालिका(७ मा रहेको रातो गुराँस रिसोर्टमा डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। प्रहरी नायव उपरीक्षक न्यौपानेकाअनुसार घटनास्थलमा अहिले प्रहरी पुगेको छ।
उनी विवाहित वा अविवाहित हुन भन्ने एकिन भएको छैन। बोहराको हत्या वा आत्महत्या हो अनुसन्धान अनुसन्धान जारी रहेको उनले बताए। ‘उनी बाथरुममा डोरीमा भुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
अहिले घटनास्थलको प्रारम्भिक कार्य भइरहेको छ,’ डीएसपी न्यौपानेले भने, ‘प्रारम्भिक रूपमा यहाँ बुझ्दा खेरी बिहान महिला आएर कोठा बुक गरेको भन्नेसम्म खुलेको छ। अरु विस्तृत अनुसन्धान विस्तारै खुल्दै जाला।’