कोरोनाबिरुद्द जनचेतना जगाउंदै रेडक्रस सोसाइटी नेचासल्यान



सोलुखुम्बु ,१४ बैशाख ।बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (covid -19 )को संक्रमण मुलुकभित्र असामान्य बन्दै गइरहेको बेला नेपाल रेडक्रस सोसाइटी नेचासल्यान शाखाले यसबिरुद्द जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ।

मंगलबारबाट सुरु गरिएको सो कार्यक्रम बिहिवारसम्म सन्चालन हुने नेपाल रेडक्रस सोसाइटी नेचा बेतघारी उपशाखाका अध्यक्ष छवि बास्तोलाले जानकारी दिए। गाउँपालिका भित्र रहेका तीन वटै उपशाखाको सक्रिय सहभागितामा सन्चालन भइ रहेको सो कार्यक्रममा कोरोना भाइरस संक्रमण र यसबाट जोगिने उपायबारे जानकारी गराउनुका साथै पर्चा समेत बितरण गरिएको बताइएको छ।गाउँपालिका भित्र भिडभाड हुने सार्बजनिक क्षेत्र,सरकारी कार्यालय र बजार पसलहरुमा सामाजिक दुरी कायम राख्न आग्रह गर्दै कतिपय ठाउँमा सूचक निर्माणसमेत गरिएको अध्यक्ष बास्तोलाले जानकारी दिए।साविक नेचा बतासे उपशाखाका अध्यक्ष पुर्णधन राइका अनुसार पालिकाको १ नं वडा सल्यानबाट मंगलबार सुरु भएको कार्यक्रम बिहिवार वडा नं ५ गैरीमा पुगेर समापन गरिने बताए ।

नेचासल्यान गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गरेको निर्णय अनुसार रेडक्रसले कार्यक्रमको आयोजना गरेको बास्तोलाको भनाइ छ। गाउँ कार्यपालिका बैठकले आइतबार कोरोना भाइरस सम्बन्धि जनचेतना अभिबृद्दिका लागि रेडक्रसलाई दिने निर्णय गरेको थियो।

नेपाल रेडक्रस साेसाइटी शाखा साेलुका उपसभापति राेहित बास्तोला लगायत कार्यक्रमका
लागि सहयोग गर्न जनप्रतिनिधि ,पसल तथा हाेटलका सञ्चालक र कार्यालय प्रमुखहरुलाइ पनि रेडक्रस सोसाइटी नेचासल्यानले धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनुहोस्