नेचासल्यानले प्रत्येक स्वास्थ्य चौकीमा ‘फिभर क्लिनिक’  सन्चालन गर्ने



डिल्ली शर्मा
(फाइल फोटो) सोलुखुम्बु, १२ जेठ । जिल्लाको नेचासल्यान गाउँपालिकाले गाउँपालिका भित्रका ज्वरोका बिरामीहरुको स्वास्थ्य जांचका लागि पालिका भित्र रहेका प्रत्येक स्वास्थ्य चौकीमा फिभर क्लिनिक सन्चालन गर्ने भएको छ।

फाइल फोटो
फाइल फोटो

कोरोना भाइरस संक्रमणलाइ मध्यनजर गर्दै आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। सो बैठकले आफन्त भेटघाट वा अन्य प्रयोजनका लागि एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा हुँदै आएको आवतजावतमा पुर्ण रुपमा रोक लगाउने निर्णय पनि गरेको छ।

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै गाउँ कार्यपालिकाले गरेको सो निर्णयको अवज्ञा गर्ने,तराइबाट आउने र भारतबाट आउनेहरूलाई गाउँपालिकाद्वारा निर्मित क्वारेन्टाइनमा राख्ने निर्णय गर्दै बैठकले यसका लागि गाउँपालिकाद्वारा निर्मित ९३ बेडको क्वारेन्टाइन र ३ बेडको आइसोलेसनलाइ थप ब्यबस्थित गर्ने निर्णय गरिएको बताइएको छ।

साथै बैठकलेबिरामी,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,जनप्रतिनिधि र सरकारले तोकेको ब्यक्ति बाहेक अन्यको सवारीसाधन आजै रातिदेखी लकडाउन अवधिभरसम्मका लागि रातिको समयमा गाउँपालिका प्रवेशमा बन्देज लगाएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनु भयो।

गाउँपालिकाभित्रका दीर्घरोगी तथा नियमित औषधि सेवन गरिरहेका ब्यक्तिहरुको नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीसंगै सम्बन्धित जनप्रतिनिधि खटाउने निर्णय गर्दै बैठकले उनीहरूका लागि औषधि अभाव हुन नदिन प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित सीडीपी कार्यक्रममार्फत खरिद गर्न र बिक्री बितरणको ब्यबस्था मिलाउन २ लाखको बिउपूंजी बिपत ब्यबस्थापन कोषबाट भक्तानी दिने निर्णय भएको बांस्तोलाले बताउनु भयो।बांस्तोलाका अनुसार नियमित औषधी सेवन गरिरहेका ४ सय २४ जनालाई गाउँपालिकाले यसअघि नै एक महिनाका लागि निशुल्क औषधि उपलब्ध गराएको थियो।

बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको पूर्ब तयारी र राहत का लागि स्थापना गरिएको २१ लाख रुपैयाँको बिपत ब्यबस्थापन कोषमा रकम अभाव भएका कारण गाउँपालिकाको आर्थिक बर्ष २०७६र७७ को बार्षिक योजनाको समपुरक कोषमा बांकी रहेको ६२ लाख ५० हजार रुपैयाँ रकमान्तर गरि सो कोषमा हाल्ने निर्णय भएको पनि वंहाले जानकारी दिनुभयो।

कार्यपालिकाले गरेको बार्‍ह बुंदे निर्णयमा ग्रामीण विद्युतीकरण का लागि छुट्याइएको एक करोड रुपैयाँ चालु आर्थिक बर्षमा कार्यान्वयन हुन नसक्ने भन्दै सो रकम प्रदेश सरकारबाट प्राप्त समपुरकको रुपमा प्राप्त एक करोडमा थपी कुल २न करोड रुपैयाँबाट सल्यान,फेदी,दोदी,खहरे,नाम्लो,चुर्पुरोड स्तरोन्नतिका लागि खर्छ गर्ने निर्णय भएको उल्लेख गरिएको छ।

सो बैठकले खाद्य बालीमा बढ्दो अमेरिकी फौजी किराको प्रकोप नियन्त्रण जैविक बिधिबाट गर्नका लागि प्रदेश भूमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्