तिङ्लाका बिपन्न १५० परिवारलाई कांग्रेस प्रदेश ‘ख’ ले दियो राहत
सोलुखुम्बु , ११ बैशाख । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेशु ‘ख’ ले सोलु दुधकुण्ड नगरपालिका वडा नं ११ तिङ्लामा राहत बितरण गरेको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी लम्बिंदै गएका कारण समस्यामा परेका स्थानीय बासिन्दालाई प्रदेश ‘ख’ पार्टी सभापति कर्मा शेर्पाले ब्यक्तिगत रुपमा राहत उपलब्ध गराएको कांग्रेसका स्थानीय नेता बालकुमार कार्कीले जानकारी दिए।

श्री सिंहकाली महिला उत्थान तथा सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरूले पहिचान गरेका साविक तिङला गाबिसका अति बिपन्न १५० परिवारलाई राहत बितरण गरिएको हो।राहत स्वरुप प्रतिपरिवार ३० केजी चामल उपलब्ध गराइएको कार्कीले बताए।
शुक्रबार र शनिबार गरिएको सो राहत बितरणमा सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा , नेपाली कांग्रेस सोलुदुधकुणड नगरपालिका सभापति दावागेलु पाख्रीन , सोलुदुधकुणडका नगर प्रवक्ता शारदा तामाङ , नगर सदस्य गान्दिमाया तामाङ लगायत पार्टीका अन्य नेता कार्यकर्ता सहभागी रहेको कार्कीले बताए। आफ्नो आग्रहलाई स्वीकार गरेर आर्थिक रूपमा कम्जोर तिंलाली परिवारलाई सहयोग गरेको भन्दै कार्कीले सभापति शेर्पालाई धन्यवाद समेत दिएका छन।
तिंङलामा यसअघि पनि मेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर कल्पना राइको पहलमा छुट्टाछुट्टै राहत बितरण गरिएको थियो।