थुलुङ दुधकोशीले गर्‍यो खोटाङतिरका नाका बन्द



सोलुखुम्बु । छिमेकी जिल्ला खोटाङमा कोरोना संक्रमित भेटिएपछि थुलुङ दुधकोशी गाउँपालिकाले खोटाङसँग सिमा जोडिएको सिमानाका बन्द गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बिहिबार बसेको बैठकले खोटाङसँग सिमा जोडिएको सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक युवामा हालै कोरोना संक्रमण देखिएको थियो । थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ९ लोखिमको देउराली, वडा नम्बर ४ को सुकेपोखरी र वडा नमबर ३ को पञ्चन खोटाङ जिल्लासँग जोडिएको छ ।

तिनै नाकामा अत्यावश्यक बाहेकका काममा आवतजावतमा प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ ।सोलुखुम्बु समाचारबाट

प्रतिक्रिया दिनुहोस्