कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु
काठमाडौ ४ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बाँकेका २५ वर्षी युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् । युवक ३० वैशाखमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको हिजो स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको र उपचारका क्रममा आज विहान निधन भएको डा। देवकोटाले जानकारी दिए ।
![](https://www.rahashyakhabar.com/wp-content/uploads/2025/01/Sme-Loan-Updated.gif)
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि २ वैशाखमा निधन भएकी सुत्केरीको कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।