‘‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि, फिर्ता ल्याउँछौं’



काठमाडौं २ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको उल्लेख गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम दुवै सदनको बैठक वाचन गर्दै यस्तो उल्लेख गरेकी छन्। ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि हुन्।
त्यस भूमिलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘तदनुरुप छुटेको भूमि समेटेर नेपालको नक्सा जारी गरिनेछ।’ सरकारले आफ्नो कार्यकालमा नेपालको प्रतिष्ठा वृद्धि भएको उल्लेख गरेको छ। ‘छिमेकीहरुसँगको विश्वासमा अभिवृद्धि भइ सम्बन्ध नयाँ उचाईमा पुगेको छ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘चीन र भारतबाट भएका उच्चस्तरीय भ्रमणबाट सम्बन्ध झनै सुधार भएको छ।’

प्रतिक्रिया दिनुहोस्