अब एक जिल्लाभित्र पनि गाडी चलाउन नपाइने गृहमन्त्रालयद्धारा सबै खाले पास रद्द



काठमाडौं १ जेठ । गृहमन्त्रालयले जिल्लामा चल्ने सवारीको पास रद्द गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा विहिबार बसेको बैठकले एउटा जिल्ला भित्र गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द गर्ने निर्णय लिएको हो।

गृहका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार जिल्ला भित्र गाडी चलाउन पाउने गरी यसअघि जारी भएका सबै पास रद्द गरिएको जानकारी दिएका छन ।
अधिकारीले यो निर्णय राजधानी उपत्यकासहित देशका सबै जिल्लामा लागू हुने जानकारी दिए। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले विभिन्‍न मितिमा पास जारी गरेका थिए। ती पासको दुरुपयोग भएको गुनासो पनि आएको थियो।

प्रतिक्रिया दिनुहोस्