सहजै काठमाडौं प्रवेश गर्न नपाईने, आरडिटी टेस्ट अनिवार्य
काठमाडौं, १ जेठ । बिहिवारदेखि लागू हुने गरि लकडाउनलाइ कडाइ गरेको राजधानी प्रवेशमा थप कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको इ पासकै भरमा सहजै काठमाडौंमा प्रवेश दिएकै कारण पछिल्लो पटक कोरोना भाइरस उपत्यका प्रवेश गरेको निष्कर्षसहित गृह मन्त्रालयले प्रवेशमा कडाइ गर्न लागेको हो। मन्त्रालयले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणविना कसैलाई पनि राजधानी प्रवेश गर्न नदिने निर्णय गरेको छ।

गृहमन्त्रालयमा बिहीवार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सबै नाकाबाट काठमाडौं प्रवेश गर्नेहरूको अनिवार्य आरडीटी परीक्षण गर्ने निर्णय गरेको हो । काठमाडौं र भक्तपुरमा देखिएका ४ संक्रमित बाहिरी जिल्लाबाट राजधानी भित्रिएको तथ्य सार्बजनिक भएको थियो।
यसका साथै राहत वितरणलाई पनि व्यवस्थित बनाउने निर्णय बैठकले गरेको छ ।