उपमेयर राइले बांडिन नयाँ बस्ती टोलमा राहत




सोलुखुम्बु , २८ बैशाख ।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डकी उपमेयर कल्पना राइले नगरपालिकाको वडा न ५ स्थित नया बस्तीमा राहत बितरण गरेकी छन।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिंदै जांदा दैनिक गुजारामा समस्या उत्पन्न भएका टोलबासीहरुलाइ सहयोग गर्ने उद्देश्यले टोल सुधार समितिले आफ्नै टोलका दाताहरुबाट संकलन गरेको राहत उपमेयर राईमार्फत बितरण गरेको हो। टोल सुधार समितिका अध्यक्ष कुङ्गा लामाका अनुसार टोलका अति बिपन्न नागरिकहरुलाइ ३० केजी चामल , दाल १ केजी ,एक प्याक चिया,एक केजी नुन,एक प्याक खानेतेल र ३ डल्ला साबुन राहत स्वरुप उपलब्ध गराइएको थियो।

राहत बितरण कार्यक्रममार्फत नै टोलमा कोठा भाडामा बस्ने भाडावालाहरुलाई १ महिनाको भाडा समेत छुट गर्ने निर्णय भएको उपमेयर राइले जानकारी दिइन। संकटमा परेका नागरिकहरुको सहयोगका लागि टोल सुधार समितिले गरेको योगदान उदाहरणीय भएको बताउंदै राइलेअध्यक्ष लामा , सचिब लाल काजी श्रेष्ठ लगायत टोल भित्रका सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद ब्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्