पूर्बराजा असन्तुष्ट,सरकारले सीमा क्षेत्रको सुरक्षा गर्न नसकेको आरोप



काठमाडौं , २७ बैशाख ।पूर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर जाने ट्रयाक खनेकोप्रती तीब्र असन्तुष्टि व्यक्त गर्नु भएको छ। कोरोना संकटको मौका छोपेर भारतले सडक निर्माण गरेको भन्दै सिंगो मुलुक आन्दोलित भइ रहेका बेला पुर्ब राजा शाहले सामाजिक सन्जाल ट्वीटर मार्फत असन्तुष्टि ब्यक्त गर्नुभएको हो।
वहाँले आफ्नो मुलुकको सीमा क्षेत्रको सुरक्षा गर्नु सरकारको दायित्व भएको स्मरण गराउंदै भारतले मानसरोबर जाने ट्र्याक खोल्न थाल्दा पनि यसलाई रोक्न नसकेर सरकारले संबेदशिल कमजोरी देखाएको टिप्पणी गर्नुभएको छ। पूर्वराजा शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको दायित्व हुने भन्दै पहिले नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीयरुपमा सडक निर्माण गर्नु पूर्णतः गलत भएको उल्लेख गर्नुभएको छ।
पूर्वराजा शाहले सामाजिक सन्जालमा भन्नुभएको छ ,( ‘पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ।

प्रतिक्रिया दिनुहोस्