राहतका लागि दिए उपउपप्रमुख राई र वडाध्यक्ष श्रेष्ठले एक महिनाको सेवासुबिधा
सोलुखुम्बु , २६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सोलुदुधकुण्ड नगरपालिका ६ नम्बर वडा कमिटीले वडा भित्र रहेका अति बिपन्न नागरिकहरुलाइ राहत बितरण गरेको छ।
नेकपा १ नम्बर प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्दिकुमार राजभण्डारीको उपस्थिति तथा वडा कमिटीका अध्यक्ष नुतन श्रेष्ठ र सिंगो नगर कमिटीको समन्वयमा बिहीबार गरिएको राहत बितरणको आर्थिक ब्यबस्थापन ब्यक्तिगत रुपमा नगरप्रमुख कल्पना राई र ६ नं वडाध्यक्ष रामकुमार श्रेष्ठले गरेको बताइएको छ।राहतका लागि नगर उपप्रमुख राई र वडाध्यक्ष श्रेष्ठले आफ्नो सेवासुबिधा प्राप्त हुने १र१ महिनाको रकम उपलब्ध गराएको वडा कमिटीले जनाएको छ। लकडाउनका कारण समस्यामा परेका नागरिकहरुको सहजता लागि सो राहत बितरण गरिएको नेकपाका युवा नेता वीरउदास श्रेष्ठले जानकारी दिए।श्रेष्ठका अनुसार वडा भित्रका विभिन्न टोलमा पुगि बितरित राहत सामाग्रीमा चामल,दाल र खानेतेल उपलब्ध गराइएको थियो।

राहत बितरण कार्यक्रममा नेकपा नगर कमिटी अध्यक्ष रामकाजी श्रेष्ठ , पार्टी जिल्ला कमिटी सचिवालय सदस्य वीर उदाश श्रेष्ठ, दिपक राजभण्डारी लगायत अन्य नेता तथा कार्यकर्ताहरुको समेत उपस्थित रहेको थियो।