व्यवसायी सुलभ अग्रवाल धरौटी रिहा भएलगत्तै फेरी पक्राउ
काठमाडौं १८ बैशाख । व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन्। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेस प्याकुर्यालको इजलासले अग्रवाललाई धरौटीमा रिहा गरे लगत्तै महानगरीय प्रहरी परिसर, टेकुको विशेष टोलीले पक्राउ गरेको हो।

काठमाडौं परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धिकरण मुद्दामा पुनःपक्राउ गरिएको हो। परिसरको टोलीले अग्रवाललाई शुद्धिकरण विभाग पुलचोकमा बुझाएको छ।