काठमाडौंबाट २ सय ९३ नेचासल्यानबासीको उद्दार
काठमाडौ , १५ बैशाख । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाले बन्दाबन्दी(लकडाउन) का कारण समस्यामा परेका आफ्ना नागरिकहरुको उद्दार सुरु गरेको छ।गाउँ कार्यपालिकाले शनिबार गरेको निर्णय अनुसार पहिलो चरणमा राजधानी काठमाडौंबाट उद्दार सुरु गरिएको हो।
गाउँ कार्यपालिकाले सुरुमा काठमाडौं र त्यसपछि अन्यत्रका नागरिकहरुलाइ प्राथमिकताका आधारमा उद्दार गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोलिपल्टैबाट उद्दार सुरु गरेको गाउँ पालिकाले २ सय ९३ नागरिकलाई काठमाडौंबाट गाउँ पठाएको अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।समस्यामा परेका गाउँबासीहरुको उद्दारका लागि बास्तोला हिंजैमात्र काठमाडौ आइपुगेका हुन।
आठवटा गाडीमा गाउँ फर्काइएका नेचासल्यानबासीलाइ संघीय सांसद हेमकुमार राई ‘सुरविर’ गाउँ पालिका अध्यक्ष बास्तोला र कांग्रेस नेता प्रकाशसिंह कार्कीले बिदाइ गरेको नेकपाका युबा नेता सुबाश जमरकट्टेलले जानकारी दिए।जमरकट्टेलका अनुसार उद्दारकार्य आज पनि जारी रहने छ। गाउँपालिकाले काठमाडौंमा समस्यामा परेका नागरिकहरुको उद्दार तथा राहतको विवरण संकलन का लागि जमरकट्टेलसहित भुपेन्द्र कटेल,नन्दराज बास्तोला,मनराज राई लगायतलाई फोकल पर्सन तोकेको थियो।प्राप्त विवरण अनुसार झन्डै सांढे आठसय नागरिकहरु घर फर्कने तयारीमा रहेको अनेरास्ववियुका नेता समेत रहेका भुपेन्द्र कटेलले जानकारी दिए।आइतबार उद्दार गरिएका सबै नागरिकहरुलाइ गाउंपालिकाले बनाएका सर्तहरूको पुर्ण पालना गर्न अध्यक्ष बास्तोलाले अनुरोध गरेका थिए।गाउँपालिकाले गाउँ फर्कने सबै नागरिकहरुले अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो।संघीय सांसद राई र कार्कीले पनि कोरोना भाइरसको उपचार नै पुर्ण सावधानी भएकाले आफ्नो र परिवारको स्वास्थ्य सुरक्षाका लागि आफैं सचेत हुनुपर्ने बताएका थिए।