कुवेतमा थप ६ नेपालीमा कोरोना भाइरसको संक्रमण



काठमाडौ १४ बैशाख । कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ४१ पुगेको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको हो। पछिल्लो एक साता हरेक दिन नेपाली कामदारमा संक्रमण देखिँदै आएको छ। शनिबारमात्रै ६ नेपालीसहित २७८ जनामा संक्रमण देखिएको हो।
हालसम्म संक्रमितको संख्या २ हजार ८९२ जना पुगेको छ। जसमा सबैभन्दा बढी भारतीय कामदार संक्रमित रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्