ड्युटीमै रहेका प्रहरी हवल्दारको मृत्यु



सोलुखुम्बु, ७ बैशाख ।सोलुदुधकुण्ड नगरपालिका दोर्पुमा रहेको अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी हवल्दार शिव प्रसाद भट्टराइको आईतबार बिहान निधन भएको छ।

हवल्दार भट्टराईको ड्युटीमै रहेका बेला बिहानको झन्डै ३ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।ड्युटीमै रहेको बेला आईतबार राती १२ बजेको समयमा अत्याधिक पेट दुखेपछि जिल्ला अस्पताल फाप्लु पुर्याएपछी बेहोस भएका हवल्दार भट्टराईको उपचारका क्रममा निधन भएको डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिनु भयो।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आउँनुभएका ३८ बर्षिय भट्टराईको एक श्रीमति २ छोरा र १ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्