मनोहरा बस्तीका बासिन्दालाइ कांग्रेस नेता कवेंको सहयोग
भक्तपुर ,४ बैशाख । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अष्ट कुमार कवेंले मध्यपुर ठिमी नगरपालिका वडा नं १ स्थित मनोहरा बस्तीमा राहत बितरण गर्नु भएको छ। कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि निरन्तर बन्दाबन्दी लम्बिंदै गएका कारण समस्यामा परेका मनोहराबासीलाइ केही सहयोग पुगोस् भन्ने उद्देश्यले आफुले राहत बितरण गरेको कवेंले बताउनु भयो।

गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सोही नगरपालिकाको प्रमुखका प्रत्यासीसमेत रहेका समाजसेवी कवेंले दैनिक ज्यालादारी गरेर जिबोकोपार्जन गर्ने सो बस्तीका चारवटा ब्लकमा १०० बोरा चामल, १०० केजी दाल ,१०० केजी नुन बितरण गर्नु भएको थियो। दैनिक ज्यालादारी मजदुर र गरीबहरु यतिबेला असाध्यै संकटमा रहेको भन्दै कवेंले उनीहरूको समस्याप्रती सरकार गम्भीर नभएको आरोप लगाए।