लुकिछिपी प्रवेश रोक्न युबा परिचालन गरिने



शोभित कुमार ढुंगेल,

सोलुखुम्बु , ४ बैशाख । नेचासल्यान गाउँपालिकाको वडा नं ५ ले बाहिरी आवतजावत ठप्प पार्ने उद्देश्यले सुरक्षा निकायको मातहतमा स्थानीय युबा परिचालन गर्ने निर्णय गरेको छ।रातीको समयमा लुकिछिपी अन्यत्रबाट मानिसहरूको प्रवेश भैरहेको सुचनाका आधारमा वडास्तरीय बिपत ब्यबस्थापन समितिको हिंजोको बैठकले सो निर्णय गरेको वडाध्यक्ष राजन कुमार राइले जानकारी दिए।

वडा प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्नुका साथै खहरे खोलामा थप चेकपोस्ट स्थापना गरि चौबीसै घण्टा स्थानीय युबाहरु परिचालन गर्न इलाका प्रहरी कार्यालयसमक्ष नाम सिफारिस गरिएको पनि उनले बताए।वडाध्यक्ष राइका अनुसार विभिन्न राजनीतिक दलका प्रतिनिधि, रेडक्रस प्रतिनिधि ,स्थानीय बुद्धिजीवी र अगुवाहरु सहभागी सो बैठकले लामो समयसम्म लकडाउन लम्बिएर अति प्रभावित भएका विद्यार्थी र श्रमजीवीहरुलाइ अन्यत्रबाट वडामा भित्र्याउनु पर्ने अवस्था उत्पन्न भए उनीहरुलाइ हिमज्योती आबि र गणेस्थान माबिमा क्वारेन्टाइन स्थापना गरि ब्यबस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्