४७९ घरधुरीले पाए थुलुङ दुधकोसीमा राहत



सोलुखुम्बु , ३० चैत्र। जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले पालिका भित्र रहेका अति बिपन्न परिवारलाई प्रथम चरणको राहत बितरण सम्पन्न गरेको जनाएको छ।

कोरोना भाइरस (Covid-19) को जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि समस्यामा परेका अति बिपन्न परिवारलाई राहत दिने घोषणा गरेको सो गाउँपालिकाले ४७९ घरधुरीलाई राहत बितरण सम्पन्न गरेको अध्यक्ष अशिम थुलुङले जानकारी दिए।थुलुङका अनुसार पहिलो चरणमा गाउँपालिकाले प्रतिपरिवार १ बोरा चामल, ५ केजी दाल,तेल,नुन र साबुन राहतस्वरुप उपलब्ध गराएको हो।

गाउँ कार्यपालिकाको बैठकले तय गरेको मापदण्ड अनुसार वडाध्यक्षको संयोजकत्वमा गठित समितिको सिफारिसमा वडागत रुपमा राहत बितरण गरिएको बताइएको छ।अध्यक्ष थुलुङका अनुसार वडा नं १ मा ४९, २ मा ३१,३मा ३२,४मा ७३,५ मा ५७ परिवारलाई राहत बितरण गरिएको छ।त्यसैगरी वडा नं ६ मा ८०,७ मा ३५, ८ मा ३७ र ९ नं वडामा ८५ परिवारलाई राहत प्रदान गरिएको जानकारी उनले दिए।

प्रतिक्रिया दिनुहोस्