एकै बेतमा बाख्राले ६ पाठापाठी जन्माएपछी गाउँ नै अचम्मित



सोलुखुम्बु ,२७ चैत्र/ जिल्लाको दक्षिणी गाउँ नेचासल्यानमा एउटा बाख्राले ६ वटा पाठा जन्माएको छ। सो गाउँपालिकाको वडा नं ३ निबासी केदार प्रसाद बास्तोलाले पालेको स्थानीय मुडुला जातको बाख्राले बुधबार पांच पाठा र एक पाठी जन्माएको हो।एकै बेतमा बाख्राले यति धेरै पाठा-पाठी जन्माएपछी स्थानीय अचम्मित बनेका छन्।

गाउँमा यस अघि बाख्राले यतिधेरै पाठापाठी पाएको कहिल्यै सुनेको थिएन, स्थानीय लोकेन्द्र राउतले भने-“स्थानीय जातको बाख्राले यति धेरै पाठापाठी जन्माउनु हाम्रो गाउँपालिकामा सायदै पहिलो घटना हुन सक्छ।” बांस्तोलाका श्रीमान-श्रीमती दुबै शिक्षण पेशामा आबद्ध छन।बिहान बेलुकीको खाली समय सदुपयोग गर्दै पालेको बाख्राले यति धेरै आम्दानी दिंदा उनीहरू दंग छन्।

 

बांस्तोला भन्छन् – यस अघि बाख्राले ६/६ महिनामा ४ वटा पाठा जन्माउंथ्यो, यस पटक ६ वटा जन्माएपछी सिंगो गाउँ नै अचम्मित बनेको छ।

प्रतिक्रिया दिनुहोस्