ठूलो स्वरले हल्ला गरेको भन्दै पाँच जनाको गोली हानी हत्या
एजेन्सी २३ चैत्र । रुसमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरबाहिरको सडकमा बसेर ुठूलो स्वरले हल्लाु गरेको निहुँमा पाँच जनाको गोली हानेर हत्या गरेका छन् ।

अधिकारीहरुका अनुसार कोरोना भाइरस ९कोभिड १९० का कारण स्थानीयवासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउको सडकमा बसेर ठूलो स्वरले हल्ला गरिरहेका थिए । ज्यान गुमाएकाहरुमा चार जना पुरुष र एक जना महिला छन् । यो घटना शनिबार राति १० बजेतिर भएको थियो ।
राजधानी मस्कोबाट दक्षिण–पूर्व झण्डै दुई सय किलोमिटर टाढाको र्याजन क्षेत्रको यलात्मा गाउँमा यो घटना भएको अधिकारीहरुले बताएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ ।