अमेरिका र इटलिमा झन फैंलंदै कोरोना



काठमाडौ १६ चैत्र । कोरोना भाइरस (कोभिड १९) को संंक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको हो ।
उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन्। कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले जनाएको छ।


अर्कातिर बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ। संक्रमतिहरुमध्ये १२ हजारजना उपचारपछि घर फर्किसकेका छन्।

यता विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९(कोरोना भाइरस)का कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

चीनबाट सुरु भएको कोरोना महामारी पछिल्लो समय यूरोप हुँदै अमेरिकामा तीव्र रुपले फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड(१९ का बिरामी १ लाख २३ हजार ४२८ पुगेको विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डोमिटर्सले जनाएको छ ।

अमेरिकामा पछिल्लो एकैदिन १९ हजार ३०२ नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ कोभिड कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २११ पुगेको छ । पछिल्लो एकैदिनमा मात्र ५१५ जनाको मृत्यु भएको छ, जुन अमेरिकामा कोरोनाका कारण भएकै हालसम्मकै उच्च मृत्यु हो ।

यद्यपि ३ हजार २३१ जना भने उपचारपछि पूर्ण रुपमा निको भइसकेको जनाइएको छ । कोरोना भइरस सक्रिय रहेका १ लाख १७ हजार ९८६ मध्ये २ हजार ६६६ को अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी ज्यान गुमाउने देशमा इटाली रहेको छ । त्यहाँ हालसम्म १० हजारभन्दा बढीको ज्यान गइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

उद्गमस्थल चीनमा भने मृत्युदर घटिरहेको बताइए पनि शनिबार एकैदिनमा ५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ७५ हजार ४४८ जना भने निको भइसकेका छन्, २ हजार ६८१ जनामा सक्रिय संक्रमण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्