माइक्रोवेब प्रविधिबाट इन्टरनेट पुर्‍याउन एनटीएको टेण्डर



काठमाडौ । नेपाल दूरसंचार प्राधिकरणले निर्माण गरिरहेको ब्रोडब्याण्ड परियोजनाअन्तर्गत बिभिन्न पाँच जिल्लाको लागि टेण्डर प्रक्रिया सुरु गरेको छ । प्रदेश ५ को दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा अप्टिकल फाइबर तथा माइक्रोवेब टेक्नोलोजीमार्फत इन्टरनेट पुर्‍याउन प्राधिकरणले शुक्रबार टेण्डर निकालेको हो ।
यसअघि यो आयोजना निर्माणका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक,भायनेट र टेक माइण्डले दिएको टेण्डर आवेदन प्राधिकरणले रद्द गरेको थियो । आयोजनाको करीब एक अर्ब रुपैयाँ लागत छ । यो खण्डअन्तर्गत करीब २६ सय किलोमिटर अप्टिकल फाइबर नेटवर्क निर्माण हुनेछ । प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोषको रकम प्रयोग गर्दै यो परियोजना निर्माण गर्न लागिएको हो । प्राधिकरणले देशैभरिका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यामिक बिद्यालय र सामुदायिक स्वास्थ्य सस्था तथा केन्दहरुमा तीब्र गतिको इन्टरनेट पुर्‍याउने सरकारको लक्ष अनुसार यो परियोजना निर्माण गरिरहेको छ । विभिन्न १८ वटा प्याकेज बनाई परियोजना निर्माण सुरु गरेको थियो । यस अन्तर्गत १० वटा प्याकेजको काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्