रास्वपा पदाधिकारीमा को को भए निर्बाचित ?
काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचनबाट महिला उपसभापति,महामन्त्री तथा सहमहामन्त्रीसहित पाँच पदाधिकारी निर्वाचित भएका छन्।

महिला उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्। उनले ७८९ मत प्राप्त गर्दै प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गरिन्। कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन्।
महामन्त्री पदमा विपिन कुमार आचार्य निर्वाचित भएका छन्। उनले ६७३ मत प्राप्त गर्दै विजयी बने। सहमहामन्त्री (खुला)तर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन्। शाहले ४७१ मत प्राप्त गर्दा ढकालले ४१० मत हासिल गरे।
यस्तै, महिला सहमहामन्त्री पदमा निशा डाँगी विजयी भएकी छन्। उनले ७३७ मत प्राप्त गर्दै पद सुरक्षित गरिन्। यससँगै रास्वपाले महाधिवेशनमार्फत पार्टीका प्रमुख पदाधिकारीहरूको चयन प्रक्रिया पूरा गरेको छ।
असार ७ गते सुरु भएको रास्वपाको पहिलो महाधिवेशनले यस अघि सर्बसम्मत रूपमा रबि लामिछानेलाई सभापतिमा निर्बाचित गरेको थियो।महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य समेत निर्बाचित भएका छन् ।

