मुलुकमा लुटतन्त्र हावी भएको थापाको आरोप



हेटौंडा,३० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको आरोप लगाएका छन् ।

पार्टीको हेटौंडा–५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले शुक्रबार सो आरोप लगाएका हुन।उनले कांग्रेस र कम्युनिस्ट पार्टीको गतिविधिका कारण जनता वाक्क भएको दावी गर्दै थापाले निर्वाचन प्रणाली खर्चिलो भएकोले निष्ठा र इमानदारिताको राजनीति कमजोर हुँदै गएको धारणा राखे । सर्वधर्म समभाव सहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गर्दै उनले धार्मिक द्वन्द चर्केर जाने खतराप्रति पनि चिन्ता प्रकट गरे।

थापाले विकास र समृद्धिको सपनालाई २०६२–६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो। कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नवराज बिष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्