नेकपा नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी



काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेतृ झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणीको कारण महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले नेतृ झाक्रीलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र समेत बझाएको थिए ।

यसैबीच नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाएको छ। उनलाई राजयविरुद्धको अपराध तथा सजाय ऐनको दफा ५८ अनुसार पक्राउ पुर्जी दिइएको हो ।

आफूलाई पक्राउ गर्न निवासमा आएको प्रहरी टोलीलाई झाँक्रीले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । ‘तपाईंलाई राज्यविरुद्धका कसुरअन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकोले यो पुर्जी जारी गरिएको छ,’ पक्राउ पुर्जीमा उल्लेख छ। पुर्जीमा महानगरीय अपराध महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको हस्ताक्षर छ।

प्रतिक्रिया दिनुहोस्