सोलुखुम्बु : कांग्रेसले आन्दोलनलाई थप सशक्त बनाउने

केदार बस्नेत
सोलुखुम्बु,२५ माघ।नेपाली कांग्रेस सोलुखुम्बुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरोधमा आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्रीको कदमलाइ असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको काग्रेसको पार्टी कार्यालय बसन्तबजार सल्लेरीमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आइतबार सो निर्णय गरेको हो।
केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीको विशेष उपस्थिति तथा जिल्ला सभापति विनोदकुमार बस्नेतको सभापतित्व सम्पन्न बैठकमा पार्टीको भावी रणनीति,भातृ तथा शुभेच्छुक संस्थाहरुको भावी कार्यक्रम लगायतका विषयमा छलफल भएको आमन्त्रित जिल्ला सदस्य एवं नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अस्बिनबाबू थापाले जानकारी दिए।
बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीले पार्टीलाई मजवुत बनाउन भातृ तथा शुभेच्छुक संस्थाहरुको सक्रियता बढाउनु पर्ने सुझाव दिदैं प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबारे वडा तहसम्मका जनतालाई जानकारी कार्यकर्तालाई निर्देशन दिए।
सभापति विनोद कुमार बस्नेतले कम्युनिस्टले देशलाई अधोगतितिर धेकेलेको भन्दै पार्टीको सर्कुलर अनुसार ७ गाउँपालिका र १ नगरपालिका तथा ५२ वटै वडासम्म कार्यक्रम लिएर जाने स्पष्ट पारेको बताइएको छ ।
बैठकमा जिल्ला सचिव तथा प्रदेश सभा (क) का सभापति धनजन राई अर्का सचिव भलाकाजी कुलुङ सहसचिव कुशराज राई महासमिति सदस्यहरु खिलराज बस्नेत भोजराज कार्की जयप्रसाद राई ,छिण्डील्हामु शेर्पा जिल्ला सदस्यहरु आमन्त्रित जिल्ला सदस्यहरु भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको आमन्त्रित जिल्ला सदस्य थापाले जानकारी दिए।

