नेकपा सोलु-काठमाडौं सम्पर्क मन्चले तोक्यो आन्दोलनका कमाण्डर

काठमाडौं,२४ माघ ।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुनस्थापनाको माग गर्दै सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्च समन्वय संघर्ष समिति गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शुक्रवार सम्पन्न विशेष भेला तथा बैठकले अनिलकुमार राई संयोजक र तेन्जिङ शेर्पा सह- संयोजक रहेको सम्पर्क मञ्च संघर्ष समिति गठन गरिएको हो।१ सय ५५ सदस्यीय सो संघर्ष समितिको प्रबक्ता सुबास जम्मरकटेललाइ तोकिएको छ।
सो समितिले यही आउँदो माघ २८ गते काठमाडौंमा पार्टीले आयोजना गर्न लागेको बृहत जनसभामा अधिकतम जनसहभागिता र जनपरिचालन गर्ने तथा सम्पर्क मञ्चको एकता भेलासम्म समन्वयात्मक भूमिका निर्वाह गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै, सोही संघर्ष समिति मातहत काठमाडौंमा बस्ने सबै स्थानीय तहका कमरेडहरुसँग सम्पर्क र समन्वयका लागि प्रत्येक स्थानीय तहको लागि पनि संयोजक र सहसंयोजक तोकिएको छ ।
जसअनुसार लिखुपिके गाउँपालिकाको संयोजकमा पुरुषोतम बस्नेत र सहसंयोजकमा पेम्बा शेर्पा, महाकुलुङ गाउँपालिकाको संयोजकमा विकास कुलुङ र सहसंयोजकमा श्याम कुलुङ, थुलुङ दुधकोशी गाउँपालिकाको संयोजकमा विनोदमणि राई माप्य दुधकोशी गाउँपालिकाको संयोजकमा तिलक राई र सहसंयोजकमा पासाङकाजी शेर्पा, नेचासल्यान गाउँपालिकाको संयोजकमा शंकर बास्तोला र सहसंयोजकमा थिरबहादुर बस्नेत (शिव), सोताङ गाउँपालिकाको संयोजकमा लक्ष्मण कार्की र सहसंयोजकमा गगन राई तथा सोलुदुधकुण्ड नगरपालिकाको संयोजकमा क. तेञ्जिङ शेर्पा रहनुभएको छ ।
भेला तथा बैठकमा नेकपा प्रदेश नम्बर १ का सचिव हिमाल किराती, नेकपा केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर), केन्द्रीय सदस्य शिव बहादुर बस्नेत (राजेन्द्र), प्रदेश नम्बर १ कमिटी सदस्य एवं जिल्ला सचिव क. कर्ज्याङशेर्पा लगायतले प्रशिक्षणात्मक सम्बोधन गर्नुभएको संघर्ष समितिका सह-संयोजक एबम सोलुदुधकुण्ड नगरपालिकाका इन्चार्ज शेर्पाले जानकारी दिए।



