आमहडताल : मातृकाको अण्डकोष र रामचन्द्रको टाउकोमा गम्भीर चोट



जनकपुरधाम,२२ माघ । नेकपाले आह्वान गरेको आमहड्तालमा प्रहरीसँगको जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा जनकपुरमा दाहाल–नेपाल समूहका नेकपाका एक दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते भएका छन ।

झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ भने स्थायी समिति सदस्य रामचन्द्र झा, सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको एवं शरीरका अन्य भागमा चोट लागेको छ।

बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधामस्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उहाँको अण्डकोषमा गम्भीर चोट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको पुष्टि गर्नुभएको हो ।

गम्भीर चोट लागेका पूर्वमन्त्री यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्